होमपेजचितवन विशेषकोरोना संक्रमणका कारण चितवनमा थप एक जनाको मृत्यु

कोरोना संक्रमणका कारण चितवनमा थप एक जनाको मृत्यु

चितवन , भाद्र १४ – कोरोना संक्रमणका कारण चितवनको भरतपुरमा थप एक जनाको मृत्यु भएको छ । भरतपुरको चितवन मेडिकल कलेजमा उपचाररत भरतपुर महानगरपालिका वडा नम्बर ११ का ५२ बर्षका पुरुषको आज दिउँसो मृत्यु भएको हो । भदौ ४ गते निमुनिया र उच्च ज्वरोका कारण अस्पतालमा भर्ना गरिएको र ७ गते उनलाइ कोरोना पोजेटिभ देखिएको अस्पतालले जनाएको छ । उनको सोही दिन बाट सघन उपचार कक्षमा उपचार गरिएको भएपनि आज दिउँसो १२ बजे मृत्यु भएको अस्पतालका निर्देशक डाक्टर दयाराम लम्साल द्वारा जारी बिज्ञप्तिमा जनाइएको छ ।

ताजा समाचार