होमपेजUncategorizedशनिबार भरतपुरको परिक्षणमा थप ४३ जनामा कोरोना संक्रमण

शनिबार भरतपुरको परिक्षणमा थप ४३ जनामा कोरोना संक्रमण

चितवन , भाद्र १४ – चितवन स्थित भरतपुर अस्पताल कोभिड १९ परिक्षण प्रयोगशालामा हिजो शनिबार गरेको परिक्षणमा चितवनका थप २९ जना सहित जम्मा ४३ जनामा कोरोना संक्रमण पुष्ठि भएको छ । प्रयोगशालामा शनिबार राती १२ बजे सम्म गरिएको परिक्षणमा चितवनका २९ र बिभिन्न जिल्लाका गरि थप ४३ जनामा कोरोना भाइरस संक्रमण पुष्ठि भएको हो । संक्रमितहरुमा भरतपुर महानगरपालिकाको वडा नम्बर १५,७,११,१२,६,१०,१४,२,१८ र ४ का १७ जना पुरुष र १० जना महिला रहेका छ्न । संक्रमितहरु महिला २१ देखि ८० बर्ष र पुरुषहरु ४ बर्षका बालक देखि र ५७ बर्ष उमेरका हुन । उनिहरुको भरतपुर अस्पताल , पुस्पान्जली अस्पताल , पुरानो मेडिकल कलेज र क्वारेन्टाइन बाट स्वाब लिइएको प्रयोगशालाका प्रमुख डाक्टर नितु अधिकारीले बताइन । त्यस्तै रत्ननगर नगरपालिका वडा नम्बर ७ का एक जना ७९ बर्षका महिला लाई संक्रमण देखिएको छ । उनको रत्ननगर क्वारेन्टाइन बाट स्वाब लिइएको जनाइएको छ । त्यस्तै थप संक्रमितहरुमा खैरहनी नगरपालिका वडा नम्बर ८ र ९ का १जना पुरुष र १ जना महिलामा पनि कोरोना संक्रमण पुष्ठि भएको छ । उनिहरु २४ बर्षका पुरुष र ४९ बर्षका महिला रहेका छ्न । उनहरुको होम क्वारेन्टाइन बाट स्वाब लिइएको हो । त्यस्तै तनहुँका २ महिला , झापाका २ महिला , पुर्बि नवलपरासीका एक महिलामा पनि कोरोना संक्रमण देखिएको छ । त्यसैगरि सर्लाही , दाङ , धनुषाका ३ पुरुष र पाचथर , सप्तरी , कास्की , सुर्खेत , बाग्लुङ र बाराका एक एक जना महिलामा संक्रमण देखिएको हो । उनिहरुको भरतपुर अस्पताल , देबघाट क्वारिन्टाइन , बिपि कोइराला क्यान्सर अस्पताल र पुरानो मेडिकल कलेज बाट स्वाब लिइएको हो । शनिबार प्रयोगशालामा ४७२ वटा नमुना परिक्षण गरिएकोमा ४३ वटा नमुना कोरोना पोजेटिभ देखिएको हो ।

ताजा समाचार