होमपेजचितवन विशेषचितवन मेडिकल कलेजको परिक्षणमा एकै दिन ६५ जनामा कोरोना संक्रमण

चितवन मेडिकल कलेजको परिक्षणमा एकै दिन ६५ जनामा कोरोना संक्रमण

चितवन,भदौं १३- चितवनको भरतपुर स्थित चितवन मेडिकल कलेज कोभिड प्रयोगशालामा गरिएको परिक्षणमा आज शनिबार एकैदिन थप ६५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
अस्पतालको परीक्षणमा चितवनका भरतपुर , रत्ननगर लगायत अन्य जिल्लाका गरि थप ६५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । संक्रमितहरुमा सबैभन्दा धेरै रत्ननगर नगरपालिकाका ३८ जना रहेका छन् । प्रयोगशालाका अनुसार रत्ननगर–४ का ३५ पुरुष र २ जना महिलामा संक्रमण देखिएको छ । संक्रमित पुरुषहरु १७ देखि ५९ वर्ष उमेर समूहका छन् । यस्तै वडा नं.१० का २९ वर्षीय एक पुरुषमा समेत कोरोना पोजेटिभ संक्रमण देखिएको छ । यसैगरि भरतपुर महानगरपालिकाका विभिन्न वडामा २२ जनामा संक्रमण पुष्टि भएको छ । सबैभन्दा धेरै भरतपुर–४ का मात्रै १५ जना रहेका छन् । यस्तै भरतपुर–१० का दुई जना, भरतपुर–२, ६, १४, १९ र १८ का एक/एक जना संक्रमीत थपिएका छन् । यस्तै राप्ती नगरपालिका वडा नम्बर ८ मा एक जना महिलामा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ । त्यस्तै थप संक्रमितहरुमा पूर्वी नवलपरासी गैंडाकोट–१० का एक जना, तनहुँ भानुका १, रुपन्देही र पाल्पाका एक ,एक जनामा संक्रमण पुष्टि भएको हो । प्रयोगशालामा १९६ बटा नमुना परिक्षण गर्दा ६५ बटा नमुनामा कोरोना पोजेटिभ संक्रमण देखिएको जनाइएको छ ।

ताजा समाचार