होमपेजचितवन विशेषधुलिखेल प्रयोगशालामा चितवन खैरहनीका १२ जनामा कोरोना संक्रमण पुष्ठि

धुलिखेल प्रयोगशालामा चितवन खैरहनीका १२ जनामा कोरोना संक्रमण पुष्ठि

चितवन , भाद्र १३ – चितवनको भरतपुर अस्पताल कोभिड १९ परिक्षण प्रयोगशालामा प्राप्त धुलिखेल परिक्षण प्रयोगशालामा परिक्षण गरिएका नमुना मध्ये चितवनको खैरहनी नगरपालिकाका १२ बटा नमुनामा कोरोना भाइरस संक्रमण पुष्ठि भएको छ । खैरहनी नगरपालिकाका ९ जना पुरुष र ३ जना महिलामा कोरोना संक्रमण देखिएको हो । भरतपुर कोभिड १९ प्रयोगशालामा प्राप्त ७५५ ओटा नमुना परिक्षणको लागि काठमाडौँ पठाईएकोमा ४२६ ओटा नमुनाको नतिजा यस अघि नै आइसकेको भए पनि धुलिखेल परिक्षण प्रयोगशालामा शनिबार गरिएको परिक्षण ३९ वटा नमुना मध्ये १२वटा नमुनाको परिक्षणको नातिजा पोजेटिभ पुष्टि भएको हो । संक्रमितहरु खैरहनी नगरपालिकाका वर्ष ६५,६३,२९,३६,५७,५५,२७,३२ र ४८ वर्षका पुरुष र २६,५९ र ४६ वर्षको महिलामा कोरोना संक्रमणपुष्टि भएको हो ।धुलिखेल परिक्षण प्रयोगशालामा परिक्षण बाँकि २७ ओटा नामुनाहरुको नतिजा नेगेटिभ रहेको जानकारी प्राप्त भएको छ। अन्य नमुनाहरु परिक्षणको क्रममा रहेको जानाइएको छ ।

ताजा समाचार