होमपेजचितवन विशेषचितवन मेडिकल कलेजमा कोरोनाबाट थप एक महिलाको मृत्यु

चितवन मेडिकल कलेजमा कोरोनाबाट थप एक महिलाको मृत्यु

चितवन, भदौं १३ – चितवन मेडिकल कलेजमा थप एक जना महिलाको कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट मृत्यु भएको छ ।

अस्पतालका निर्देशक डा.दयाराम लम्सालले उपचारको क्रममा कोरोना संक्रमित महिलाको आज विहान मृत्यु भएको पुष्टि गरे । उनले केहीबेरमा अस्पतालले आधिकारिक जानकारी सार्वजनिक गर्ने बताए ।

यसअघि पनि हिजो विहान मकवानपुरको हेटौंडा–१९ की ७१ वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु भएको थियो । हिजो चितवनमा एकैदिन तीन जनाको मृत्यु भएको थियो । जसमध्ये चितवन, मकवानपुर र गोरखाका एक/एक जना हुन् । – नारायणी अनलाइन

ताजा समाचार