होमपेजचितवन विशेषकाठमाडौको परिक्षणमा चितवनका १४ जनामा कोरोना संक्रमण

काठमाडौको परिक्षणमा चितवनका १४ जनामा कोरोना संक्रमण

चितवन ,भाद्र १२ – राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु काठमाडौमा शुक्रवार गरिएको परिक्षणमा चितवनका थप १४ जनामा कोरोना संक्रमण पुष्ठि भएको छ । टेकुमा गरिएको परिक्षणमा भरतपुर महानगर पालिका , रत्ननगर नगरपालिका र इच्छाकामना गाउँ पालिकाका संक्रमितहरु रहेका छ्न । संक्रमितहरुमा भरतपुर अस्पताल कोभिड १९ परिक्षण प्रयोगशालाले दिएको जानकारी अनुसार भरतपुर महानगरपालिकाका ६ जना पुरुष र ६ जना महिला रहेका छ्न । पुरुषहरुको उमेर समूह २२ बर्ष देखि ६८ बर्ष रहेको छ भने महिलाहरु २१ बर्ष देखि ८५ बर्ष उमेर समुहका रहेका छ्न । त्यस्तै रत्ननगर नगरपालिकाका ५४ बर्षका पुरुष र इच्छाकामना गाउँ पालिकाका ३६ बर्षका एक पुरुषमा पनि कोरोना संक्रमण भएको जनाइएको छ । टेकु प्रयोगशालामा बिपि कोइराला क्यान्सर अस्पताल बाट २५२ , खैरहनी नगरपालिका बाट ४७ , भरतपुर मेडिकल कलेज बाट ६१ , भरतपुर महानगरपालिका बाट १०२ , जुटपानी बाट ४४ , राप्ती नगरपालिका बाट ५७ , भरतपुर अस्पताल बाट १३५ , रत्ननगर नगरपालिका बाट ३१ र इच्छाकामना गाउँ पालिका बाट २६ नमुना गरि जम्मा ७५५ स्वाबको नमुना परिक्षण गरिएकोमा १४ बटा नमुना पोजेटिभ भएको जनाइएको छ

ताजा समाचार