होमपेजचितवन विशेषचितवनमा एक साता निषेधाज्ञा थप

चितवनमा एक साता निषेधाज्ञा थप

चितवन, भदौ १२ – जिल्ला प्रशासन कार्यालय चितवनले एक साता निषेधाज्ञा थप गरेको छ ।दोस्रो चरणको निषेधाज्ञाको आज अन्तिम दिन जिल्ला प्रशासन कार्यालयले एक साताका लागि निषेधाज्ञा थप गरेको हो । कोरोना संक्रमण्को जोखिम अझै बढ्दै गएकाले निषेधाज्ञाको अवधि बढाउनु पर्ने अवस्था आएको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले जानकारी दिए ।प्रशासनले दोस्रो पटक थप गरेको निषेधाज्ञाको अवधि आज राति १२ बजेदेखि सकिदैछ । यस पटक निषेधाज्ञा थप गरिए पनि केही क्षेत्रलाई खुकुलो बनाइएको छ । अत्यावश्यक सामग्री उत्पादनका व्यवसायीहरुलाई निषेधाज्ञाले समस्या पारेको भन्दै बैंक तथा वित्तिय संस्थालाई आलोपालो संचालन गर्ने दिने निर्णय गरिएको छ । दैनिक केही घण्टा मात्रै भए पनि बैंक संचालन गर्ने प्रशासनले तयारी गरेको छ ।

ताजा समाचार