होमपेजचितवन विशेषकोरोना संक्रमणका कारण चितवनमा आज एकैदिन ३ जनाको मृत्यु

कोरोना संक्रमणका कारण चितवनमा आज एकैदिन ३ जनाको मृत्यु

चितवन, भदौं १२–चितवनको भरतपुर अस्पतालमा कोरोना भाइरस संक्रमणबाट आज थप एक जनाको मृत्यु भएको छ । भरतपुर अस्पतालमा उपचाररत कोभिड आइसीयूमा उपचाररत गोरखा आबुखैरहनी–१३ निवासी ३८ वर्षीय पुरुषको आज दिउँसो २ः३० बजे मृत्यु भएको हो । ति पुरुषलाई ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या भएर भदौं ६ गते भरतपुर अस्पतालमा भर्ना गरिएको थियो। भदौं १० गते कोरोना भाइरस संक्रमण पुष्टि भएपछि उनलाई कोभिड आइसीयूमा स्थानान्तरण गरिएको अस्पतालका कोभिड–१९ क्लिनिकल कोअर्डिनेटर डा.प्रमोद पौडेलले बताए । यही क्रममा उनमा निमोनिया देखिएपछि अवस्था गम्भिर बनेको थियो । उनलाई आज मात्रै भेन्टिलेटरको सहायतामा उपचार गर्दा गर्दै दिउँसो मृत्यु भएको अस्पतालले जनाएको छ ।चितवनमा आज एकैदिन तीन जना संक्रमितको मृत्यु भएको छ । यसअघि आज विहान चितवन मेडिकल कलेजमा उपचाररत हेटौंडा–१९ की ७१ वर्षीया महिला र शपुष्पाञ्जली अस्पतालमा उपचाररत भरतपुर–२ का ५१ वर्षीय पुरुषको पनि मृत्यु भएको हो ।

ताजा समाचार