एजेन्सी, भदौ १२ – चिनियाँ कम्पनी सिनोफार्मले आफूले परीक्षण गरिरहेको कोरोना विरुद्धको खोपको मूल्य १ सय ४० डलर अर्थात झण्डै १५ हजार रुपैयाँ तोकेको छ ।
परीक्षण भइरहेको र नोभेम्बर महिनाको अन्तिमसम्ममा बजारमा लाने दाबी गर्दै कम्पनीले खोपको मूल्य तोकेको बीबीसीले जनाएको छ ।
विश्वका दुई सय १३ देशमा फैलिएको कोरोना भाइरसबाट अहिलेसम्म दुई करोड ४६ लाखभन्दा बढीमा सङ्क्रमण पुष्टि भएको छ भने आठ लाख ३४ हजार भन्दा धेरैको ज्यान गइसकेको छ । भने एक करोड ७० लाखभन्दा धेरै उपचारपछि निको भएका छन् ।