होमपेजचितवन विशेषभरतपुरका ९ जना सहित थप १९ जनामा कोरोना संक्रमण

भरतपुरका ९ जना सहित थप १९ जनामा कोरोना संक्रमण

चितवन , भाद्र १२ – चितवनको भरतपुर स्थित चितवन मेडिकल कलेजको प्रयोगशालामा बिहिबार गरिएको परिक्षणमा थप १९ जनामा कोरोना संक्रमण पुष्ठि भएको छ । अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा चितवन भरतपुर महानगरपालिकाका ९ जना सहित थप १९ जनामा कोरोना संक्रमण पुष्ठि भएको हो । थप संक्रमितहरुमा भरतपुर महानगरपालिका वडा नम्बर ५ का ७९ बर्षका पुरुष , वडा नम्बर ७ का २० र २३ बर्षका महिला , वडा नम्बर १० का २६ र ३१ बर्षका २ महिला , २४ र २८ बर्षका २ जना पुरुष लाई कोरोना संक्रमण देखिएको हो । त्यस्तै वडा नम्बर १६ का एक जना ५० बर्षका पुरुष र वडा नम्बर २६ का २१ बर्षका एक महिलामा समेत कोरोना संक्रमण देखिएको जनाइएको छ । त्यस्तै सोही परिक्षणमा नवलपरासी गैंडाकोटका एक महिला , बिनयी त्रिबेणिका एक पुरुष , हेटौंडाका एक महिला, रौतहटका एक महिला , दाङका एक महिला बाराका एक महिला र एक पुरुष , सर्लाहीका एक पुरुष , धनुषाका एक महिला तथा पर्साका एक पुरुष लाइ समेत कोरोना संक्रमण देखा परेको छ । अस्पतालको प्रयोगशालामा बिहिबार परिक्षण गरिएको १ सय ७० नमुना मध्ये १९ वटा नमुना कोरोना पोजेटिभ देखिएको हो ।

ताजा समाचार