होमपेजचितवन विशेषभरतपुरको परिक्षणमा थप १७ जनामा कोरोना पोजेटिभ संक्रमण

भरतपुरको परिक्षणमा थप १७ जनामा कोरोना पोजेटिभ संक्रमण

चितवन , भाद्र ११ – चितवन स्थित भरतपुर अस्पताल कोभिड १९ परिक्षण प्रयोगशालामा आज बिहीवार गरेको परिक्षणमा चितवनका थप १६ जना सहित जम्मा १७ जनामा कोरोना संक्रमण पुष्ठि भएको छ । प्रयोगशालामा आज राती ९ बजे सम्म गरिएको परिक्षणमा चितवनका १६ र नवलपरासी जिल्लाका १ जना गरि १७ जनामा कोरोना भाइरस संक्रमण पुष्ठि भएको हो । संक्रमितहरुमा भरतपुर महानगरपालिकाको वडा नम्बर ,४ ,१० र १२ का दुइ जना पुरुष र एक जना महिला रहेका छ्न । संक्रमितहरु महिला २७ बर्षकि रहेका छ्न भने पुरुषहरु २३ र ४० बर्ष उमेरका हुन । उनिहरुको भरतपुर अस्पताल र नारायणी सामुदायिक अस्पताल बाट स्वाब लिइएको प्रयोगशालाका प्रमुख डाक्टर नितु अधिकारीले बताइन । त्यस्तै रत्ननगर नगरपालिका वडा नम्बर ७ का एक जना ७९ बर्षका महिला लाई संक्रमण देखिएको छ । उनको रत्ननगर क्वारेन्टाइन बाट स्वाब लिइएको जनाइएको छ । त्यस्तै थप संक्रमितहरुमा खैरहनी नगरपालिका वडा नम्बर ३,५,८,९ र १२ का ५ जना पुरुष र ७ जना महिलामा पनि कोरोना संक्रमण पुष्ठि भएको छ । उनिहरु ६ बर्षका बालक देखि ७५ बर्ष उमेर समुहका रहेका छ्न । उनको क्वारेन्टाइन बाट स्वाब लिइएको हो । त्यस्तै नवलपरासी गैंडाकोट वडा नम्बर ८ का एक २९ बर्षका पुरुषमा पनि कोरोना संक्रमण देखिएको छ । बिहिबार प्रयोगशालामा ३३४ वटा नमुना परिक्षण गरिएकोमा १७ वटा नमुना कोरोना पोजेटिभ देखिएको हो ।

ताजा समाचार