Home Uncategorized चितवनमा कुलमानको पुन नियुक्तिको माग गर्दै आयोजना गरिएको कार्यक्रम प्रहरी द्वारा रोक

चितवनमा कुलमानको पुन नियुक्तिको माग गर्दै आयोजना गरिएको कार्यक्रम प्रहरी द्वारा रोक

0

चितबन , भाद्र ११ – नेपाल बिद्युत प्राधिकरणको प्रमुखमा कुलमान घिसिड. लाई पुन नियुक्तीको माग गर्दे चितबनको भरतपुरमा आयोजना गरिएको कार्यक्रम लाई प्रहरीले रोकेको छ । निषेधाज्ञाको जारी रहेको अबस्थामा कुनै पनि कार्यक्रम गर्न नपाईने भन्दै प्रहरीले कार्यक्रम संचालनमा रोक लागएको हो । बिहान ७ बजे कार्यक्रम संचालन गर्न भनि केही युबाहरु भरतपुरको चौबिसकोठीमा राष्ट्यि झण्डा सहित पुगेको भएपनि निषेधाज्ञाको कारण देखाउदै प्रहरीले उनीहरु लाई कार्यक्रम संचालन गर्न रोकेको हो । प्रहरीले कार्यक्रमका लागी ल्याईएको ब्यानर समेत खोसेको छ । सहभागी युबाहरु र प्रहरी बिच केही बेर बिबाद समेत भएको थियो । कार्यक्रम स्बस्फूर्त नागरिक समाज चितबन जिल्ला समितीले आयोजना गरेको थियो ।