होमपेजचितवन विशेषचितवनमा बुधबार राती थपिए २६ कोरोना संक्रमीत

चितवनमा बुधबार राती थपिए २६ कोरोना संक्रमीत

चितवन , भाद्र १० – चितवन स्थित भरतपुर अस्पताल कोभिड १९ परिक्षण प्रयोगशालामा आज बुधबार गरेको परिक्षणमा चितवनका २५ जना सहित २६ जनामा कोरोना संक्रमण पुष्ठि भएको छ । प्रयोगशालामा बुधबार राती ९ बजे सम्म गरिएको परिक्षणमा चितवनका २५ र तनहु जिल्लाका १ जना गरि २६ जनामा कोरोना भाइरस संक्रमण पुष्ठि भएको हो । संक्रमितहरुमा भरतपुर महानगरपालिकाको वडा नम्बर ,७ र २२ का एक जना पुरुष र एक जना महिला रहेका छ्न । संक्रमितहरु महिला ३४ बर्षकि रहेका छ्न भने पुरुष ६६ बर्ष उमेरका हुन । उनिहरुको बिपि कोइराला क्यान्सर अस्पताल र रत्ननगर क्वारेन्टाइन बाट स्वाब लिइएको प्रयोगशालाका प्रमुख डाक्टर नितु अधिकारीले बताइन । त्यस्तै रत्ननगर नगरपालिका वडा नम्बर ४,९ र १२ का २ जना महिला र १२ जना पुरुषमा पनि संक्रमण देखिएको छ । उनिहरुको उमेर समूह १९ बर्ष देखि ४५ बर्ष रहेको छ । उनिहरुको रत्ननगर क्वारेन्टाइन बाट स्वाब लिइएको जनाइएको छ । त्यस्तै थप संक्रमितहरुमा माडी नगरपालिका वडा नम्बर ६ र ७ का ५ जना पुरुष र ४ जना महिलामा पनि कोरोना संक्रमण पुष्ठि भएको छ । माडीमा संक्रमण देखिएकाहरु ५ महिने बालक देखि ६० बर्ष उमेर समुहका रहेका छ्न । उनको माडी बाट स्वाब लिइएको हो । त्यस्तै तनहु देबघाटका एक ५१ बर्षका पुरुषमा पनि कोरोना संक्रमण देखिएको छ । बुधबार प्रयोगशालामा १६९ वटा नमुना परिक्षण गरिएकोमा २६ वटा नमुना कोरोना पोजेटिभ देखिएको हो ।

ताजा समाचार