होमपेजचितवन विशेषआइसोलेशन बाट भागेका कोरोना संक्रमीत युवक नुवाकोटमा फेला !

आइसोलेशन बाट भागेका कोरोना संक्रमीत युवक नुवाकोटमा फेला !

चितवन , भाद्र १० – मंगलबार बिहान भरतपुर अस्पताल बाट फरार भएका कोरोना संक्रमीत युबा नुवाकोटमा भेटिएका छ्न । कोरोना संक्रमण पछि आइसोलेशनमा उपचाररत उनी अस्पताल बाट भागेपछी प्रहरीले खोजी गर्ने क्रममा आज संक्रमीत नुवाकोटमा फेला परेका हुन । कोरोना सङ्क्रमण पुष्टि भएसँगै भरतपुर अस्पतालको आइसोलेसनमा उपचार गराइरहेका भरतपुर महानगरपालिका–१२ का १९ वर्षीय युबा मंगलबार बिहान ५ बजे अस्पतालबाट फरार थिए। नाटकिय शैलिमा फरार भएका उनि १ दिन पछि आज बिहान उनलाइ नुवाकोट जिल्ला बेलकोटगढि वडा न ५ स्थित नेपाल प्रहरीको चेकिङ को क्रममा फेला पारेको जिल्ला प्रहरी कार्यलय चितवनले जनाएको छ । उनलाई नुवाकोटकै आइसोलेसनमा राख्ने तयारी भइरहेेेेकाेे समेत जनाइएको छ ।संक्रमीत युबक केही दिनअघि चोरीको आरोपमा पक्राउ परे सगै कोरोना पोजेटिभ देखिएपछि प्रहरीले अनुसन्धानकै क्रममा अस्पतालको आइसोलेसनमा राखेको थियो।

ताजा समाचार