होमपेजताजा समाचारकैलालीमा कोरोना संक्रमणका कारण थप एक जनाको मृत्यु

कैलालीमा कोरोना संक्रमणका कारण थप एक जनाको मृत्यु

काठमाडौं , भाद्र १० – कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा एक कोरोना संक्रमितको मृत्यु भएको छ । अस्पतालमा उपचाररत जिल्लाको गोदावरी नगरपालिका ११ घर भएका ४५ बर्षीय पुरुषको मृत्यु भएको हो ।

सुरुमा धनगढीकै निजी निसर्गमा अस्पतालको आईसीयूमा उपचार गराइरहेका उनलाई कोरोना संक्रमण पुष्टि भएपछि मंगलबार सेतीमा भर्ना गरिएको थियो । सेतीमा भर्ना भएको केही घण्टामा उनको मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए ।

योसँगै सुदूरपश्चिममा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १४ पुगेको छ । मृतकको शव व्यवस्थापनका लागि नेपाली सेनालाई जानकारी गराइसकिएको छ । -मकालु खबर

ताजा समाचार