होमपेजचितवन विशेषमाडीका पूर्व प्रमुख प्रशासकीय अधिकृत बिरुद्द अख्तियारद्वारा बिशेष अदालतमा मुद्दा दायर ।

माडीका पूर्व प्रमुख प्रशासकीय अधिकृत बिरुद्द अख्तियारद्वारा बिशेष अदालतमा मुद्दा दायर ।

चितवन , भाद्र ९ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गोदावरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद जैसी र सब इन्जिनियर किशोर मोक्तान बिरुद्द बिशेष अदालतमा मुद्दा दायर गरेको छ । अख्तियारको टोलीले अधिकृत जैसी र सब इन्जिनियर मोक्तानलाई साउन ५ गते एक लाख ५० हजार रुपैयाँ घुस सहित नियन्त्रणमा लिएपछि मुद्दा दायर गरेको हो ।

ललितपुरको गोदाबरी नगरपालिकाको विकास निर्माण कामको भुक्तानी दिने क्रममा प्रमुख प्रशासकीय अधिकृत जैसी र शव इन्जिनियर मोक्तानले घुस लिएको अभियोगमा दुवै जना पक्राउ परेका हुन । माडी नगरपालिकाका पुर्व प्रमुख प्रशासकीय अधिकृत समेत रहेका जैसी माडीमा रहंदा पनि सेवाग्राहीको काममा ढिला सुस्ती गर्ने,कार्यालय समयमा समेत कार्यालय बाहिर समय बिताउने तथा अनावश्यक बिदामा बस्ने गरेको बन्दै माडीका स्थानियहरुले कार्यालय परिसरमा घेराउ समेत गरेका थिए । उनिले माडीमा रहदा कतिपय सेबाग्राही लाई अनाबश्यक दुख दिने गरेको आरोप पनि लागेको थियो ।

ताजा समाचार