होमपेजचितवन विशेषचितवनमा थप ३१ जनामा कोरोना संक्रमण पुष्टि

चितवनमा थप ३१ जनामा कोरोना संक्रमण पुष्टि

चितवन, भदौं ९–चितवनमा आज (मंगलबार) थप ३१ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । चितवन मेडिकल कलेजको कोभिड ल्याबमा सोमबार राति गरिएको परीक्षणमा चितवनका २१ जनासहित ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

चितवनका संक्रमित मध्ये सबैभन्दा धेरै भरतपुर महानगरपालिकाका १७ जना रहेका छन् । जसमध्ये वडा नं.१ का २ जना, वडा नं.२ का २ जना, वडा नं.३ का २ जना, वडा नं.७ का २ जना, वडा नं.१० का ४ जना, वडा नंं.११ का २ जना, वडा नंं.१२, २६ र २९ का एक÷एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यस्तै रत्ननगर नगरपालिका १० र १५ का एक/एक जना, राप्ती–८ का एक जना खैरहनी–६ का एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यसैगरी संक्रमण पुष्टि हुनेमा मकवानपुर हेटौंडा–१९ का एक जना, पूर्वी नवलपरासी गैंडाकोट–१ का एक जना, कावासोती–१३ का एक जना र विजन त्रिवेणीका एक जना गरी तीन जना, रोल्पा रुन्ती–५ का ३ जना, गोरखा जिल्लाको गोरखा नगरपालिका–१० र १३ का २ जना, पर्सा पोखरीया–९ का एक जनामा संक्रमण पुष्टि भएको हो । सोमबार राति कुल १२५ नमुना परीक्षण गरिएको थियो । -नारायणी अन्लाईन

ताजा समाचार