होमपेजचितवन विशेषभरतपुर अस्पतालको आइसोलेशन बाट कोरोना संक्रमीत युबा फरार

भरतपुर अस्पतालको आइसोलेशन बाट कोरोना संक्रमीत युबा फरार

चितवन , भाद्र ९ – चितवनकाे भरतपुर अस्पतालकाे आइसाेलेशन बाट एकजना संक्रमित पुरुष भागेका छन्। आज बिहान ५ बजेबाट उनलाई राखिएको काेठामा उनी नभएको अस्पतालले जनाएको छ। चाेरिकाे आराेपमा केही दिन अगाडी पक्राउ परेका उनमा काेराेना पाेजेटिभ देखिएपछि आइसोलेशनमा राखिएको भरतपुर अस्पतालका सुचना अधिकारी लिलाधर पौडेलले बताए । संक्रमित युबा लाइ प्रहरीले अस्पतालमा जिम्मा लगाइएको भए पनि उनको स्पष्ट ठेगाना र सम्पर्क नम्बर नभएको अस्पतालको भनाइ छ । प्रहरीले अस्पताल बाट भागेका युबाको खोजी कार्य जारी राखेकी जनाएको छ ।

ताजा समाचार