होमपेजसमाचारकैलालीमा आइसोलेशनमा रहेकी एक महिलाको मृत्यु

कैलालीमा आइसोलेशनमा रहेकी एक महिलाको मृत्यु

कैलाली,भदौ ९-घोडाघोडी नगरपालिकाको आईसोलेशनमा रहेकी एक महिलाको मृत्यु भएको छ । घोडाघोडी नगरपालिका वडा नम्वर ११ को आईसोलेसनमा रहेकी ३५ बर्षीया महिलाको सोमबार राती मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरिक्षक दानबहादुर रोकायाका अनुसार मृतक ति महिलाका दुबै किडनी फेल भएकाले भारतबाट घर ल्याईएको हो । भारतको अस्पतालमा उपचार सम्भव नभएको भनेपछि ति महिलालाई घर ल्याईएको बुझिएको प्रहरी निरिक्षक रोकायाले बताए ।

प्रहरी निरिक्षक रोकायाले ति महिला केही दिन अगाडि मात्रै भारतबाट परिवार सहित घोडाघोडी पुगेकी बताए । ‘श्रीमान र छोरा सहित घोडाघोडीमा आफन्तको घर आएकी थिईन्,’ उनले भने– ‘श्रीमान र छोरामा कोरोना देखिएपछि महिलालाई पनि वडा नम्वर ११ को आईसोलेसनमा राखिएको थियो, सोमवार साँझ उनको मृत्यु भएको छ ।’

उनको स्थायी घर बझाङ रहेको पनि प्रहरी निरिक्षक रोकायाले बताए । मृतकको स्वाब संकलन हुने बताईएको छ ।

ताजा समाचार