होमपेजचितवन विशेषभरतपुरको परिक्षणमा सोमबार राती थप १७ जनामा कोरोना संक्रमण

भरतपुरको परिक्षणमा सोमबार राती थप १७ जनामा कोरोना संक्रमण

चितवन , भाद्र ८ – चितवन स्थित भरतपुर अस्पताल कोभिड १९ परिक्षण प्रयोगशालामा सोमबार गरेको परिक्षण मा थप १७ जनामा कोरोना संक्रमण पुष्ठि भएको छ । प्रयोगशालामा सोमबार राती १० बजे सम्म गरिएको परिक्षणमा चितवनका १५ र अन्य जिल्लाका २ जना गरि १७ जनामा कोरोना भाइरस संक्रमण पुष्ठि भएको हो । संक्रमितहरुमा भरतपुर महानगरपालिकाको वडा नम्बर ३!१० ,११ ,१२ र १५ का २ जना पुरुष र ७ जना महिला रहेका छ्न । उनिहरुको पुरानो मेडिकल कलेज , नारायणी सामुदायिक अस्पताल र पुष्पान्जली अस्पताल बाट स्वाब लिइएको प्रयोगशालाका प्रमुख डाक्टर नितु अधिकारीले बताइन । त्यस्तै रत्ननगर नगरपालिका वडा नम्बर ५ र १० का १ जना महिला र १ जना पुरुषमा संक्रमण देखिएको छ । उनिहरुको पुरानो मेडिकल कलेज र नारायणी सामुदायिक अस्पताल बाट स्वाब लिइएको जनाइएको छ । त्यस्तै थप संक्रमितहरुमा पुर्बी चितवनको राप्ती नगरपालिका वडा नम्बर २ र ८ का दुई जना पुरुष र दुई जना महिलामा पनि कोरोना संक्रमण पुष्ठि भएको छ । उनिहरु राप्ती क्वारेन्टाइन मा रहेका ब्याक्तिहरु हुन । त्यस्तै पुरानो मेडिकल कलेजमा उपचाररत हेटौंडाका एक महिला र रत्ननगर क्वारेन्टाइनमा रहेका गैंडाकोटका एक महिलामा पनि संक्रमण पुष्ठि भएको छ । उनिहरु सबैको उमेर समूह २१ बर्ष देखि ५८ बर्ष उमेर समुहका रहेका छ्न । सोमबार प्रयोगशालामा ४ सय ५ वटा परिक्षण गरिएकोमा १७ वटा नमुना कोरोना पोजेटिभ देखिएको हो ।

ताजा समाचार