होमपेजताजा समाचारवडा कार्यालय द्वारा स्थानियलाई निशुल्क माक्स बितरण

वडा कार्यालय द्वारा स्थानियलाई निशुल्क माक्स बितरण

लमजुङ्ग, भदौ ८, लमजुङ जिल्ला सुन्दर बजार नगर पालिका वडा न ८ ले आफ्नो वडामा रहेका स्थानियहरुलाई निशुल्क माक्स वितरण गरेको छ ।
वडा कार्यलय र सिर्जनशिल सामुदायिक सिकाई केन्द्रको संयुक्त प्रयासमा निशुल्क माक्स वितरण गरिएको हो । वडामा रहेका ५ सय २० घरका १ हजार ९ सय ५० जनालाई माक्स वितरण गरिएको वडा अध्यक्ष कृष्णकान्त अधिकारीले जानकारी दिएका छ्न ।
कोरोनाको संक्रमण दिनदिनै वढ्दै गएको अवस्थामा स्थानियलाई अत्यावश्यक काममा बाहिर जानु परेमा अनिवार्य माक्स लगाउनु पर्छ भन्ने सन्देश दिनका लागि माक्स वितरण गरिएको सिर्जनसिल सामुदायिक सिकाई केन्द्रका अध्यक्ष निश्चल ढकालले जानकारी ।
विगत छ महिना देखि माक्स बनाएर व्यापार र खरिद गर्न नसक्नेका लागि निशुल्क माक्स वितरण गर्दै आउनु भएकी भरतपुरकी नमुना पौडेलले प्रति माक्स दश रुपैयाका दरले बिक्री गरेकि हुन । यस अगाडी पनि पौडेलले न्यून लागतमा माक्स तयार गरि विभिन्न स्थान र संघ सस्था लाई चितवनको भरतपुर १० मा रहेको नमुना लेडिज टेलर्स मार्फत माक्स बनाउदै बिक्री  तथा  सहयोग गर्दै आएकी छ्न ।

ताजा समाचार