होमपेजचितवन विशेषचितवनमा थप १२ जनामा कोरोना भाइरस संक्रमण

चितवनमा थप १२ जनामा कोरोना भाइरस संक्रमण

चितवन, भदौं  ८ – चितवनको भरतपुर स्थित भरतपुर अस्पताल कोभिड १९ परिक्षण प्रयोगशालामा आइतबार राती गरिएको परिक्षणमा थप १२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । प्रयोगशालामा आइतबार राति १० बजेसम्म गरिएको परिक्षणमा १२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।संक्रमण पुष्टि हुनेमा सबै भरतपुर महानगरपालिका क्षेत्रका रहेका छन् । भरतपुर महानगरपालिका वडा नं.७, ९, १०, ११ र १२ का ५ जना पुरुष र ७ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको हो । । संक्रमित पुरुषहरु १९ देखि ४२ वर्ष उमेर समूहका हुन भने संक्रमित महिलाहरु ५ वर्षीया बालिकादेखि ५५ वर्ष उमेर समूहका छन् । उनीहरुको भरतपुर महानगरपालिकाको क्वारेन्टिन र पुरानो मेडिकल कलेज बाट स्वाब संकलन गरिएको प्रयोगशालाकी प्रमुख डाक्टर नितु अधिकारीले बताइन । यो संगै चितवनमा आज एकैदिन २१ जनामा संक्रमण पुष्टि भएको छ ।

ताजा समाचार