होमपेजचितवन विशेषभरतपुरको परिक्षणमा आइतबार थप ९ जनामा कोरोना संक्रमण पुष्ठि

भरतपुरको परिक्षणमा आइतबार थप ९ जनामा कोरोना संक्रमण पुष्ठि

चितवन, भाद्र ७ – चितवनको भरतपुर स्थित भरतपुर अस्पताल कोभिड – १९ परिक्षण प्रयोगशालामा आइतबार बिहान गरिएको परिक्षणमा चितवनका ७ जना लगायत ९ जनामा कोरोना संक्रमण पुष्ठि भएको छ । परिक्षणका क्रममा चितवनका भरतपुर महानगरपालिका विभिन्न वडा , तनहु र सर्लाहीका संक्रमीत रहेका छ्न । संक्रमितहरुमा भरतपुर महानगरपालिका वडा नम्बर १,५, ७ , ११ , १२ , १२ र १५ का ७ जना महिला रहेका छ्न । उनिहरुको भरतपुर अस्पताल बाट स्वाब संकलन गरिएको प्रयोगशालाका प्रमुख डाक्टर नितु अधिकारीले बताइन । त्यस्तै बिपि कोइराला क्यान्सर अस्पताल बाट स्वाब लिइएका सर्लाहीका एक पुरुष र नारायणी सामुदायिक अस्पताल बाट स्वाब लिइएको एक जना महिला लाई पनि कोरोना संक्रमण देखिएको जनाइएको छ । उनिहरु सबै २६ बर्ष देखि ५५ बर्ष उमेर समुहका रहेका छ्न । प्रयोगशालामा आइतबार बिहान परिक्षण गरिएको १०२ नमुना मध्ये ९ जनामा कोरोना संक्रमण देखिएको हो ।

ताजा समाचार