होमपेजचितवन विशेषभरतपुरमा शनिबार थप १३ जनामा कोरोना संक्रमण पुष्ठि

भरतपुरमा शनिबार थप १३ जनामा कोरोना संक्रमण पुष्ठि

चितवन, भाद्र ६ – चितवनको भरतपुर स्थित भरतपुर अस्पताल कोभिड – १९ परिक्षण प्रयोगशालामा शनिबार गरिएको परिक्षणमा चितवनका १० जना लगायत १३ जनामा कोरोना संक्रमण पुष्ठि भएको छ । परिक्षणका क्रममा चितवनका भरतपुर महानगरपालिका विभिन्न वडा , राप्ती नगरपालिका तथा हेटौडा र नवलपरासीका संक्रमीत रहेका छ्न । संक्रमितहरुमा भरतपुर महानगरपालिका वडा नम्बर ४,९ , १० , ११ , २२ का ४ जना पुरुष र ३ जना महिला रहेका छ्न । उनिहरुको भरतपुर अस्पताल बाट स्वाब संकलन गरिएको प्रयोगशालाका प्रमुख डाक्टर नितु अधिकारीले बताइन । त्यस्तै पुर्बी चितवन राप्ती नगरपालिका वडा नम्बर ९ र १ का एक जना पुरुष र दुई जना महिला लाई पनि कोरोना संक्रमण देखिएको जनाइएको छ । उनिहरु क्वारेन्टाइनमा बसेका ब्याक्तिहरु हुन । त्यसैगरि परिक्षणका क्रममा मकवानपुरका एक जना महिला र एक जना पुरुष तथा नबलपुरका एक जना महिलामा समेत कोरोना संक्रमण पुष्ठि भएको छ । उनिहरु सबैको पुरानो मेडिकल कलेज बाट स्वाब संकलन गरिएको हो । उनिहरु सबैको उमेर समूह २२ बर्ष देखि ७५ बर्ष सम्म रहेको छ । शनिबार प्रयोगशालामा १६७ नमुना परिक्षण गरिएको हो ।

ताजा समाचार