होमपेजचितवन विशेषचितवन मेडिकल कलेजको परिक्षणमा थप १३ जनामा कोरोना संक्रमण पुष्ठि

चितवन मेडिकल कलेजको परिक्षणमा थप १३ जनामा कोरोना संक्रमण पुष्ठि

चितवन, भाद्र ६ – चितवन स्थित भरतपुरमा रहेको चितवन मेडिकल कलेजमा शुक्रवार गरिएको परिक्षणमा थप १३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । चितवन मेडिकल कलेज (सिएमसी) को प्रयोगशालामा हिजो (शुक्रबार) गरिएको परीक्षणमा चितवनका थप ४ जना सहित १३ जनामा कोरोना पुष्टि भएको हो । अस्पतालका अनुसार संक्रमित मध्ये ३ जना भरतपुरका हुन् भने एक जना खैरहनी नगरपालिकाका रहेका छ्न । संक्रमितहरुमा भरतपुर महानगरपालिका वडा नम्बर १ का ४८ बर्षीय पुरुष, ८ की २७ बर्षीया महिला, २३ का ६१ बर्षीय पुरुष र खैरहनीका ३६ बर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको अस्पतालको प्रयोगशालाले जनाएको छ । यस्तै परीक्षणका क्रममा मकवानपुरका ९ जनामा समेत कोरोना देखिएको छ । मकवानपुरको हेटौंडा उपमहानगरपालिका ६ की ३ र ७ बर्षीया बालिकासहित २५ र ३३ बर्षीया महिला, ६ बर्षीय बालक, हेटौंडा ४ का ५६ बर्षीय पुरुष, मनहरीकी ६० बर्षीया महिला तथा लामसुरेका ३० र ६० बर्षीय पुरुषमा कोरोना देखिएको हो । चितवनमा निजि अस्पतालले गरेको परिक्षणमा यति धेरैका संख्यामा संक्रमीत देखिएको पहिलो पटक हो ।

ताजा समाचार