होमपेजचितवन विशेषभरतपुरको परिक्षणमा थप ३३ जनामा कोरोना संक्रमण पुष्ठि

भरतपुरको परिक्षणमा थप ३३ जनामा कोरोना संक्रमण पुष्ठि

चितवन, भदौं ६– चितवन स्थित भरतपुर अस्पताल कोभिड १९ – परिक्षण प्रयोगशालामा शुक्रवार गरिएको परिक्षणमा चितवनका २० सहित थप ३३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । कोभिड–१९ प्रयोगशालामा गरिएको परीक्षणमा चितवनको भरतपुर, रत्ननगर र राप्ती नगरपालिकाका गरी २० जना र पूर्वी नवलपरासी, मकवानपुर, बारा, रौतहट, पर्सा, बाके र मकवानपुरका गरी १३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि हुनेमा भरतपुर महानगरपालिकाका १६ जना हुन । जसमा ७ जना पुरुष र ९ जना महिला छन् । उनीहरुको भरतपुर अस्पताल र भरतपुर सामुदायिक हस्पिटल बाट स्वाब लिईएको हो । भरतपुर महानगरपालिका वडा नम्बर २, ७, १० र ११ का रहेको प्रयोगशालाकी प्रमुख डाक्टर नितु अधिकारीले बताइन । यस्तै थप संक्रमितहरुमा रत्ननगर नगरपालिकाका ५० वर्षीय पुरुष, राप्ती नगरपालिका–२, ८ का ३५, ५५ वर्षीय पुरुष र २६ वर्षीया महिलामा पनि कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरु चितवन मेडिकल कलेजको क्वारेन्टिनमा छन् । यसैगरी पूर्वी नवलपरासी, मकवानपुर, बारा, पर्सा र रौतहटका गरी ६ पुरुष र २ महिलासहित ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । उनीहरुको भरतपुर अस्पताल र चितवन मेडिकल कलेजबाट स्वाब लिईएको हो । यस्तै बाँकेको नेपालगञ्जका ५ जना पुरुषमा पनि संक्रमण पुष्टि भएको छ । संक्रमितहरु ३ वर्षीया बालिकादेखि ७८ वर्षीय वृद्धसम्मका छन् ।चितवनमा शुक्रबार कुल २७० वटा नमुनाको परिक्षण गरिएको जनाइएको छ ।

ताजा समाचार