चितवन, भदौं ५–चितवनमा कोरोना संक्रमितको संख्या दैनिक रुपमा बड्दै गएपछी एक साता निषेधाज्ञाको समयावधि थप गरिएको छ । जिल्ला प्रशासन कार्यालयले चितवनले भदौं १२ गतेसम्मका लागि निषेधाज्ञाको अवधि थप गरेको हो । चितवनमा पछिल्लो समय दैनिकजसो कोरोना संक्रमितको संख्या बढ्दै गइरहेकोले निषेधाज्ञाको अवधि थप गरिएको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले बताए ।
भोलिदेखि भदौं १२ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा थप गरिएको हो । यसअघि जिल्लाका ६ वटा स्थानीय तहमा निषेधाज्ञा लागू गरिएकोमा यसपटक माडी नगरपालिकामा समेत निषेधाज्ञा जारी गरिएको जनाइएको छ । पहिलोपटक गरिएको एक साताको निषेधाज्ञाको अवधि आज राति १२ बजेदेखि सकिन लागेको अबस्थामा पुन थप गरिएको हो ।