होमपेजचितवन विशेषभरतपुरको परिक्षणमा थप २६ जनामा कोरोना संक्रमण पुष्ठि

भरतपुरको परिक्षणमा थप २६ जनामा कोरोना संक्रमण पुष्ठि

चितवन , भाद्र ५ – चितवनको भरतपुर स्थित भरतपुर अस्पताल कोभिड १९ परिक्षण प्रयोगशालामा बिहिबार गरिएको परिक्षणमा थप २६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । प्रयोगशालामा बिहीबार राति गरिएको परीक्षणमा चितवनका २२ जनासहित २६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि हुनेमा भरतपुर महानगरपालिका–२, ७, १० र ११ का ८ पुरुष र ११ महिला गरी जम्मा १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरुको भरतपुर अस्पताल र वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरबाट स्वाब संकलन गरिएको थियो । यस्तै राप्ती नगरपालिकाको वडा नं.२ र ८ का गरी थप ३ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरु सबै क्वारेन्टिनमा रहेका प्रयोगशालाका प्रमुख डाक्टर नितु अधिकारीले बताइन ।यसैगरि संक्रमण पुष्टि हुनेहरुमा नवलपुर, पर्वत, पर्सा र मकवानपुरका एक/एक जनामा संक्रमण पुष्टि भएको जनाइएको छ । चितवन बाहिरका नवलपुरका ४० वर्षीय पुरुषको मध्यविन्दु अस्पतालबाट स्वाब संकलन गरिएको थियो भने बाँकी तीन जनाको वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालबाट स्वाब संकलन गरिएको थियो । उनिहरु सबैको उमेर समूह २२ बर्ष देखि ७४ बर्षका छ्न । बिहिबार २०६ नमुना परिक्षण गरिएकोमा २६ जनामा कोरोना संक्रमण देखिएको हो ।चितवनमा कुल संक्रमितको संख्या ३०३ पुगेको छ ।

ताजा समाचार