होमपेजUncategorizedनेपालमा थप ६ जनाको मृत्यु, ७०७ संक्रमित थपिए

नेपालमा थप ६ जनाको मृत्यु, ७०७ संक्रमित थपिए

काठमाडौं, भाद्र ४ – नेपालमा कोरोना भाइरस संक्रमित हुनेको संख्या २९ हजार नाघेको छ । पछिल्लो २४ घन्टामा थप सातसय सात जना थपिएसँगै संक्रमितको संख्या २९ हजार ६ सय ४५ पुगेको हो । थप ११ हजार ८ सय ३२ वटा नमूना परीक्षण गर्दा पछिल्लो चौबीस घण्टामा १ सय ९२ महिला र ५ सय १५ जना पुरूषमा कोरोना संक्रमण पुष्टि भएको हो । काठमाडौं उपत्यकाका दुई सय जना संक्रमित थपिएका छन । काठमाडौंका १ सय ७४, ललितपुरका १८ र भक्तपुरमा ८ जना संक्रमित थपिएका हुन । आज सर्लाही ९३, पर्सामा ५५ र अछाम र धनुषमा ३१ –३१ जना संक्रमित थपिएका छन । मोरङ, पर्सा, रौतहट, महोत्तरी, सर्लाही र काठमाडौंमा सक्रिय संक्रमितको संख्या ५ सय भन्दा बढी छ । भोजपुर, मनाङ, मुस्ताङ, र हुम्लामा सक्रिय संक्रमितको संख्या शून्यमा झरेको छ । देशका विभिन्न अस्पतालवाट २ सय ६५ जना संक्रमित निको भएर घर फर्केका छन । नेपालमा हालसम्म कोरोनामुक्त भएर घर फर्कनेको संख्या १७ हजार ७ सय ६८ पुगेको छ । निको हुने संक्रमितको संख्या ६१ प्रतिशत छ । अहिले देशभरि ११ हजार ५ सय ५५ जनामा सक्रिय संक्रमित रहेका छन । संक्रमितहरूमध्ये ३ हजार ७ सय ७२ जना घरमै र बाँकी ८ हजार ८३ जना विभिन्न अस्पतालका आइसोलेसन उपचार गराइरहेका छन । सक्रिय सङ्क्रमितमध्ये १ सय २९ जना सघन उपचार कक्षमा र सात जना भेन्टिलेटरमा उपचार गराइरहेका छन । देशभरि क्वारन्टीनमा ११ हजार ७ सय ६८ जना बसिरहेका छन । अहिलेसम्म कोरोना संक्रमण परीक्षणका लागि ५ लाख ६६ हजार २ सय २० वटा पीसीआर नमूना परीक्षण गरिएको छ । पछिल्लो चौबिस घन्टामा थप छ जनाको कोरोना संक्रमणवाट मृत्यु भएको छ । काठमाडौंमा एक महिला, चितवन, मकवानपुर र सप्तरीमा एक–एक पुरुष र पर्सा जिल्लामा एक महिला र दुई पुरुषको निधन भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । योसँगै नेपालमा कोरोना संक्रमणवाट मृत्यु हुनेको संख्या १ सय २७ पुगेको छ ।

ताजा समाचार