होमपेजचितवन विशेषकोरोना संक्रमणका कारण चितवनमा थप एक जनाको मृत्यु

कोरोना संक्रमणका कारण चितवनमा थप एक जनाको मृत्यु

चितवन , भाद्र ४ – कोरोना संक्रमणका कारण चितवनमा थप एक जनाको मृत्यु भएको छ । भरतपुर अस्पतालमा उपचाररत रत्ननगर नगरपालिका वडा नं. १३ का ६५ वर्षका पुरुषको आज मृत्यु भएको हो । विगत ६ दिनदेखि कोभिड १९ संक्रमण भई अस्पतालको कोभिड सघन उपचार कक्षमा उपचाररत पुरुषको दिउँसो २ः५७ बजे मृत्यु भएको भरतपुर अस्पतालका कोभिड १९ क्लिनिकल कोअर्डिनेटर डा.प्रमोद पौडेलले बताए । कोरोना संक्रमीत मृतक दीर्घरोगी रहेको र उनमा फोक्सोमा क्षयरोग, स्पाईनल ईन्जुरले खुट्टा नचल्ने, मृगौलामा समस्या लगायतका समस्या रहेको जनाइएको छ । कोरोना संक्रमणका कारण हालसम्म चितवनमा ४ जनाको मृत्यु भएको छ । ३ जनाको भरतपुर अस्पतालमा र अर्का एक जनाको पूर्वी चितवनमा आफ्नै घरमा मृत्यु भएको हो ।

ताजा समाचार