होमपेजचितवन विशेषचितवनको माडीमा पनि निषेधाज्ञा जारी

चितवनको माडीमा पनि निषेधाज्ञा जारी

चितवन , भाद्र ३ – चितवन जिल्लाका अन्य स्थानिय निकायमा लागू भएको निषेधाज्ञा चितवनको माडीमा पनि जारी गरिएको छ । माडीमा नगरस्तरीय कोरोना नियन्त्रण समन्वय समितिको बैठकले जिल्लाका अन्य स्थानीय निकायहरुमा लागु रहेकै मोडेलको निषेधाज्ञा माडी नगरपालिकामा समेत लागु गरेको हो । नजिकिदो तिज पर्बका कारण भीडभाड र चलहपहल नियन्त्रण गर्नकाका लागि माडी नगरक्षेत्रमा आज भदौ ३ गते बुधबार दिउँसो ४ बजेदेखि भदौ ५ गते राती १२ बजेसम्म निशेधज्ञा लागु गरिएको नगरपालिकाले जनाएको छ ।
निषेधाज्ञाको अवधीमा अत्यावश्यकीय सामग्रीहरु खरिदका लागि बिहान ५ देख ८ बजेसम्म मात्र बजार खुला रहने र अन्यको हकमा माडी नगरपालिका क्षेत्र पूर्ण बन्द राख्ने निर्णय गरिएको माडीका नगरप्रमुख ठाकुर प्रसाद ढकालले बताए ।
निषेधाज्ञाकोअबधिमा औषधीजन्य तथा दुग्धजन्य पसलहरु भने २४सै घण्टा खुल्ला रहन पाउने तथा दुध, अण्डा, दाना, खाद्यान्न, माछा, कुखुरा, मल, सञ्चार र एम्बुलेन्स लगायतका अत्यावश्यक साधन बाहेक अन्य सबै गाडीहरु बन्द रहने जनाइएको छ । दैनिक उपभोग्य सामान खरिद गर्नका लागि बिहान ५ देखि ८ बजेसम्म पसल आउँदा सुरक्षा अप्नाएर सकेसम्म हिँडेरै अथबा मोटरसाइकलमा आउनुपरे एक जनामात्रै चढेर आउन अनुरोध गरिएको नगरपालिकाले जनाएको छ । त्यसैगरी तीजमा एकाघर परिवार बाहेक सामुहिक रुपमा खाना खान तथा समूहमा नाँचगान र पुजा गर्न समेत रोक लगाइएको जनाइएको छ । चितवनका अन्य स्थानिय निकायको तुलनामा माडीमा पछिल्ला केही दिन यता कोरोना संक्रमीत बिरामीहरु भेटिएका छैनन ।

ताजा समाचार