होमपेजचितवन विशेषभरतपुरको परिक्षणमा चितवनका २० सहित ३० जनामा कोरोना संक्रमण पुष्ठि

भरतपुरको परिक्षणमा चितवनका २० सहित ३० जनामा कोरोना संक्रमण पुष्ठि

चितवन , भाद्र ३- चितवनको भरतपुर स्थित भरतपुर अस्पताल कोभिड १९ परिक्षण प्रयोगशालामा मंगलवार चितवनका २० जनासहित थप ३० जनामा कोरोना भाइरससंक्रमण पुष्टि भएको छ । परीक्षण प्रयोगशालामा मंगलबार राति गरिएको परीक्षणमा चितवनको भरतपुर महानगरपालिकाका १२ जना, राप्ती नगरपालिकाका २ जना, खैरहनीका ५ जना र रत्ननगरका एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।यस्तै नवलपुरका ५, महोत्तरी, बाँके, तनहुँ, मकवानपुर र बाराका एक/एक जनामा कोरोना संक्रमण पुष्टि भएको कोभिड १९ परिक्षण प्रयिगशालाका प्रमुख डाक्टर नितु अधिकारीले बताइन ।थपिएका संक्रमितहरुको भरतपुर अस्पताल, मौलाकालिका अस्पताल र नारायणी सामुदायिक हस्पिटलबाट गरिएको स्वाब संकलनबाट भरतपुरका ५ पुरुष र ७ महिलागरि १२ जनामा संक्रमण पुष्टि भएको हो । उनीहरु भरतपुर वडा नम्बर १, २, ३, ४, ७, १० र ११ का स्थानिय बासिन्दा रहेका छ्न । संक्रमित पुरुषहरु १९ देखि ६५ वर्ष उमेर समूहका छन् भने महिलाहरु ९ वर्षीया बालिकादेखि ४४ वर्ष उमेरका रहेका छन् । यस्तै खैरहनी नगरपालिका वडा नम्बर ३ का पाँच जना महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । ती मध्ये एक जना मंगलबार विहान निधन भएकी १०८ वर्षीया वद्धा हुन् । उनीहरु सबै होम क्वारेन्टिनमा रहेका जनाइएको छ ।त्यस्तै पुर्बी चितवनको राप्ती नगरपालिका वडा नम्बर ४ र ५ का २ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल र नारायणी सामुदायिक हस्पिटलबाट गरिएको स्वाब संकलनमा १९ र २७ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।यसैगरी रत्ननगर नगरपालिका वडा नम्बर १० का २९ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको जनाइएको छ । ती पुरुषको चितवन मेडिकल कलेजबाट स्वाब संकलन गरिएको थियो ।
यस्तै पूर्वी नवलपरासीका ३ पुरुष र दुई महिला , महोत्तरीका ४४ वर्षीय पुरुष, बाँकेकी ३३ वर्षीया महिला, तनहुँका २९ वर्षीय पुरुष, मकवानपुर हेटौंड की ६६ वर्षीया महिला र बाराका ७७ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । उनिहरुको भरतपुरका विभिन्न अस्पताल बाट स्वाब संकलन गरिएको थियो । मंगलबार कुल ५०० नमुनाको परीक्षण गरिएकोमा ३० जना लाई कोरोना संक्रमण देखिएको हो ।

ताजा समाचार