होमपेजविचार/ब्लगतिजको दर कसैको लागि डर नबनोस

तिजको दर कसैको लागि डर नबनोस

परापुर्ब काल देखि मनाउदै आएको नारीहरुको महान पर्व हरितालिका तिज बर्ष मा एक दिन मनाउने गरिन्छ यो पर्व रास्टिय पर्वको रूपमा हेरिन्छ ।हिमाल कि पुत्री पार्बतीले भगवान शिव महादेवको लागि पुजा आराधना गर्दै तपस्या गर्दै व्रत बस्नु भो असल कुशल योग्य गुणवानले भरिपुर्ण पति पाउ भनी व्रत बसि पार्बतीले शिव पाएको भनाइ अनुसार हिन्दु धर्मावलम्बीले मान्य नारीहरुले व्रत बस्ने चलन रहेकोे छ बिबाहित नारीले परिवारको सुख , शान्ति , समृद्धि र पतिको लामो आयुको कामना गर्दै व्रत बस्ने चलन छ , अविवाहित नारीले कुशल असल सफल योग्य शिवजि जस्तो पति पाउ भनेर व्रत बस्ने गरेको भनाइ छ । तिज नारिहरुको सबैभन्दा ठूलो पर्व हो ।

बर्ष भरीका आफ्ना दुख सुख वेदना पोख्ने आफन्त साथी भाइ सङ्ग बिसाउने माइतीले छोरी चेली लिन जाने बोलाउने माइती को आगनमा आएर आफ्ना मनका पिडा भावना दुख सुख बाड्ने मिठो मसिनो खाएर बर्ष भरिएको वेदना गित बाटै पोख्थे । समय परिबर्तन भए संगै अहिले तिज केही परिमार्जन भएको छ समय अनुसार परिबर्तन अवस्य आउँछ नै तर अहिले को तिज मा धेरै विकृति आएको देखिन्छ । मान्छे को सोचाइ फेरिएका छन् समय अनुसार परिवर्तन जरुरी पनि छ । परिबर्तन को नाम मा हामीले हाम्रो संस्कृती नै भुल्नु भएन नेपाली पहिरन नेपाली पहिचान रितिरिवाज अथात चालचलन र संस्कृतिको मात्रै होइन सम्पदा बनेको महान पर्व तिजको जगेर्ना गर्नु हामी सबैको कर्तव्य हो ।

समय फेरिएको छ हामी र हाम्रो समाज पनि फेरिएको छ संस्कृतिलाई बचाइ राख्नु पर्छ तर अहिलेको तिज यस्तो हुँदै छ कि एक महिना अघि नै विभिन्न पार्टी प्यालेन्स मा दर खाने प्रचलन बढ्दोछ दर को नाम मा मदिरा खाएर मनाउने गरेका छन् यसरी दरको नाम मा मदिराको चुस्की बाट सुरु गरेको मध्यापानले हाम्रा छोरी चेलीको भबिस्य कस्तो होला पर्व लाई विकृति तिर धकल्ने होइन संस्कृती बचाउने तिर लागौ । तिज पर्व लाई विकृती होइन देखासिकी होइन समय सापेक्ष सामाजिक काम गरेर पर्व मानौ केही पुन्य काम गरेर धर्म कमाउ वृद्ध आश्रम , बाल आश्रम मा केही सहयोग गरेर अपाङ्ग, असाय अनाथका लागि वाइन नखाइ बियर नखाइ थोरै थोरै गरि केही सहयोग गरि पुन्य कमाउन तिर लागौ सामाजिक काम गरेर तिज पर्व मनाउन तिर लागौ ।

तिज आम नारिहरुको महान पर्व हो तिज सबैको लागि हो तिज ले न जात भात भन्छ न जाती न धर्म न वर्ण नभनेर इच्छा हुने व्रत बस्छन् तिजमा असमानता हुदैन भेदभाव हुदैन तिज यस्तो पर्व हो यसले सबैलाई एकताको सुत्रमा बाध्ने गरेको छ ,यो नै यसको विशेषता छ ।फेरिएको समाजमा यस लाई टिकाइ राख्न तडग भडक नगरेर तिजलाई भड्किलो नबनाएर सरल सजिलो सामान्य तरिकाले संस्कृतिलाइ निरन्तरता दिन साधारण खाएर साधारण ल्याएर पनि मनाउन सकिन्छ आफू संग जे छ तेसैमा रमाउ जस्तो छ तेसैमा खुशी भएर मनाउन सिकौ धनी गरिब बिच फरक नदेखाइ सम्मान ढ्ङ्गले मनाउदा राम्रो हुन्छ ।तिज पर्व मनाउ तर भड्किलो नबनाउ तिज पर्व लाई मदिरा निषेध गर्दा केही फरक पर्छ र किन मदिरा रहित तिज नमनाउने मदिरा लाई कन्ट्रोल गरेर साधन पहिरन साधारण खाना खाएर यसैलाई निरन्तरता दिदै जाउ दर कसैको लागि डर नबनोस तिजमा दर लाई दारुको पर्व नमनाउ आम नेपाली दिदिबहिनीहरुमा आपसी सदभाव कायम रहोस हरितालिका तिजको शुभकामना ।

(लेखक जैशी महिला अगुवा हुन )

ताजा समाचार