होमपेजचितवन विशेषभरतपुरको परिक्षणमा सशस्त्र प्रहरीका ४२ जना सहित ५० जनामा कोरोना संक्रमण पुष्ठि

भरतपुरको परिक्षणमा सशस्त्र प्रहरीका ४२ जना सहित ५० जनामा कोरोना संक्रमण पुष्ठि

चितवन , भाद्र २ – चितवनको भरतपुर स्थित भरतपुर अस्पताल कोभिड १९ – परिक्षण प्रयोगशालामा सोमबार गरिएको परिक्षणमा थप ५० जनामा कोरोना भाइरस संक्रमण पुष्ठि भएको छ । प्रयोगशालामा सोमबार राति १२ बजेसम्म गरिएको परीक्षणमा चितवनका ४६ र अन्य जिल्लाका ४ जना गरि जम्मा ५० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । परिक्षणमा पुर्बी चितवनको राप्ती नगरपालिकाको सशस्त्र प्रहरी क्वारेन्टिनमा रहेका ४२ जनामा कोरोना पोजेटिभ संक्रमण देखिएको छ । जसमा ४० पुरुष र २ महिला छन् । उनीहरु १९ देखि ५५ बर्ष उमेर समूहका हुन् । यस्तै भरतपुर महानगरपालिका वडा नम्वर ५, ७, ८ र १० नम्वर वडाका ४ जनामा संक्रमण पुष्टि भएको छ । उनीहरुको भरतपुर अस्पताल र सेन्ट्रल अस्पतालबाट स्वाब संकलन गरिएको थियो ।
यस्तै नमूना परीक्षणका क्रममा मकवानपुरका १, बाराका २ र गोरखाका १ जनामा समेत कोरोना संक्रमण पुष्टि भएको कोभिड १९ – परिक्षण प्रयोगशालाका प्रमुख डाक्टर नितु अधिकारीले बताइन । उनीहरुको भरतपुरको सेन्ट्रल अस्पताल, आशा अस्पताल र पुष्पाञ्जली अस्पतालबाट नमूना संकलन गरिएको थियो । सशस्त्र प्रहरीका सबै क्वारेन्टाइन बसेकाहरु हुन भने अन्य अस्पतालमा उपचारका लागि आएका ब्याक्तिहरु हुन । सोमबारको परीक्षणमा ३५५ नमुना मध्ये ५० वटा नमुनामा कोरोना पोजेटिभ भेटिएको हो । सोमबार चितवनमा ४६ जना संक्रमित थपिएसंगै जिल्लामा कुल संक्रमितको संख्या २५५ पुगेको छ ।

ताजा समाचार