होमपेजचितवन विशेषमाडीका समुदायका ३२ जनाकै पिसिआर रिपोर्ट नेगेटिभ

माडीका समुदायका ३२ जनाकै पिसिआर रिपोर्ट नेगेटिभ

चितवन , भाद्र १ – चितवनको माडी नगरपालिका क्षेत्र भित्र हाल सम्म समुदायमा कोरोना संक्रमण नभएको पुष्टि भएको छ । माडी नगरपालिकाले गरेको दोश्रो चरणको कम्युनिटी टेस्टिङमा माडीका सबैको नतिजा नेगेटिभ आए पछि समुदायमा कोरोना संक्रमण नभएको पुष्टि भएको हो । नगरपालिकाको नगर स्वास्थ्य शाखाले माडीका समुदायमा बढी चहलपहल हुने स्थानहरु र विभिन्न संघ संस्थाहरुबाट गरि ३२ जनाको स्वाब संकलन गरि पि.सि.आर. परीक्षण गरिएकोमा ३२ जनाकै रिपोर्ट नेगेटिभ आएको स्वास्थ शाखाका संयोजक शिव प्रसाद सुबेदीले बताए । यस अघि गरिएको पहिलो चरणको कम्युनिटी टेस्टिङमा पनि सबै नमुनाको रिपोर्ट नेगेटिभ आएको थियो । माडी नगरपालिका बाहेक चितवनका अन्य पालिकाहरुमा समुदाय स्तरमै कोरोना संक्रमण देखिएकाले माडीमा समुदाय स्तरमा फैलिएको छैन भनेर ढुक्क भएर बस्न नहुने संयोजक सुबेदीको भनाइ छ । माडीमा सुरुको अबस्थामा भारत तथा तेस्रो मुलुक बाट आइ क्वारेन्टाइमा बसेकाहरु लाई कोरोनाको संक्रमण देखिएको भए पनि अहिलेको अबस्थामा कसैलाइ पनि कोरोना संक्रमण देखिएको छैन ।

ताजा समाचार