होमपेजताजा समाचारनेपालमा कोरोनाबाट थप ३ जनाको मृत्यु, ५८१ संक्रमित थपिए, उपत्यकामा १६८ थपिए

नेपालमा कोरोनाबाट थप ३ जनाको मृत्यु, ५८१ संक्रमित थपिए, उपत्यकामा १६८ थपिए

काठमाडौं, भाद्र १ – नेपालमा कोरोना भाइरस संक्रमित हुनेको संख्या २७ हजार नाघेको छ । गएको २४ घण्टामा थप ५ सय ८१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या २७ हजार २ सय ४१ पुगेको हो । विगत २४ घण्टामा ११ हजार ५ सय २० वटा नमुनाको पीसीआर विधिबाट परीक्षण गर्दा संक्रमित थपिएका हुन । काठमाडौं उपत्यकामा १ सय ६८ जना कोरोना संक्रमित थपिएका छन् । काठमाडौंमा १ सय ३९ जना, ललितपुरमा १५ जना र भक्तपुरमा १४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । काठमाडौं, रौतहट, मोरङ, महोत्तरी र पर्सामा पाँच सय भन्दा बढी सक्रिय संक्रमित छन । डोल्पा, हुम्ला, मनाङ, मुस्ताङ र संखुवासभामा हाल सक्रिय संक्रमित छैनन । अहिले देशभरका आइसोलेसनमा बस्नेहरुको संख्या ९ हजार ६ सय ३९ रहेको छ । २ हजार ६ सय १ जना होम आइसोलेसनमा छन । पछिल्लो २४ घन्टामा थप १ सय ६० जना कोरोना संक्रमणमुक्त भएका छन । योसँगै कोरोना संक्रमण निको भएर घर फर्कनेको संख्या १७ हजार ४ सय ९५ पुगेको छ । देशभरका क्वारेन्टिनमा १५ हजार १ सय ९८ जना बसिरहेका छन । क्वारेन्टिनमा बस्नेहरु भारत र तेस्रो मुलुकवाट फर्कनेहरु छन । कोरोना भाइरस संक्रमण पहिचानको लागि हालसम्म ५ लाख २९ हजार ४ सय २७ वटा पीसीआर परीक्षण भएको छ । विगत २४ घण्टामा नेपालमा कोरोना संक्रमणबाट थप तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रौतहटका ३२ वर्षीय पुरुष, मोरङका ६० वर्षीय पुरुष र काठमाण्डौकी ५८ वर्षीया महिला छन । योसँगै कोराना भाइरसका कारण मृत्यु हुनेको संख्या नेपालमा एक सय सात पुगेको छ ।

ताजा समाचार