होमपेजचितवन विशेषचितवनमा माडी बाहेक सबै क्षेत्रमा निषेधाज्ञा

चितवनमा माडी बाहेक सबै क्षेत्रमा निषेधाज्ञा

चितवन , साउन ३२ – जिल्ला प्रशासन कार्यालय चितवनले ६ वटा स्थानिय निकायमा निषेधाज्ञाको क्षेत्र घाेषण भएकाे जनाएको छ । शनिबारबाट भरतपुर महानगरपालिका क्षेत्रमा निषेधाज्ञा लागू भएको भएपनी अब रत्ननगर ,कालिका , खैरहनी , राप्ती नगरपालिका र ईच्छाकामना गाँउपालिका क्षेत्रमा समेत लागु हुने भएको हो । चारैतिर काेराेना रिपोर्ट अाए पछि चितवनमाआइतबार राति १२ बजेदेखि लागुहुने भनी चितवनको रत्ननगर नगरपालिका , कालिका नगरपालिका , खैरहनी नगरपालिका , राप्ती नगरपालिका र ईच्छाकामना गाँउपालिका क्षेत्र समेत थप गरिएकाे छ ।चितवनको माडी नगरपालिका बाहेकको सबै क्षेत्रमा निषेधाज्ञा लागु भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले माडी नगरपालिका क्षेत्रबाहेकको सबै क्षेत्रमा भदौं ५ गतेसम्मको लागि निषेधाज्ञा लागु गरिएको जिल्ला प्रशासन कार्यालय चितवनका सूचना अधिकारी ईश्वर सिंखडाले बताउनु भयाे।

ताजा समाचार