होमपेजचितवन विशेषभरतपुर अस्पतालका सुचना अधिकारी पौडेल द्वारा हाल सम्मको तथ्यांक सार्बजनिक

भरतपुर अस्पतालका सुचना अधिकारी पौडेल द्वारा हाल सम्मको तथ्यांक सार्बजनिक

चितवन , साउन ३२ – भरतपुर अस्पतालका सुचना अधिकारी लिलाधर पौडेलले कोरोना संक्रमण सुरु भए देखि हाल सम्मको अबस्थाका बारेमा आफ्नो फेशबुक पेज मार्फत सुचना सम्प्रेषण गरेका छ्न । उनले चैत देखि हाल सम्म भए गरेका कामका बारेमा जानकारी गराएका हुन । भरतपुर अस्पताल अस्पतालमा हालसम्म ३ हजार ५ सय भन्दा बढी नमुना संकलन गरी परीक्षण गरिएको छ । १३७ जना कोरोना संक्रमितको उपचार अस्पतालमा भएको छ । अहिले अस्पतालमा ४२ जना संक्रमित उपचारमा छन् । यो अवधिमा चितवनको भरतपुर ११ का एक जना र र कैंलालीको एक जना गरी २ जनाको मृत्यु भएको छ। बाँकी ९३ जना उपचार पछि घर फर्किसकेका छन्। चितवन जिल्ला भित्र १९९ जनाको अहिलेसम्म कोरोना संक्रमण पुष्टि भएको छ । त्यसमा भरतपुर महानगरपालिकाको मात्रैं १२१ जना छन् भने बाँकी अन्य स्थानीय तहका रहेका छन् । कालिकामा ५, रत्ननगर ९, माडीमा ४१, खैरहनीमा ७, राप्तीमा १५ र इच्छाकामनामा १ जनामा कोरोना संक्रमण पुष्टि भएको लेखेका छ्न ।
त्यसैगरी सुचना अधिकारी पौडेलले भरतपुर अस्पतालको आफ्नै कोभिड परीक्षण प्रयोगशाला छ । प्रयोगशालामा अहिलेसम्म १४ जिल्लाका १४ हजार ५ सय भन्दा बढी नमूना परीक्षण गरिसकेको छ। जसमा ४ सय ८४ जना संक्रमित पुष्टी भइसकेका छन्। उनले हालसम्म भरतपुर अस्पतलासहित कोभिड ल्यावको समेत व्यवस्थापन गर्दै नेतृत्व लिर्दै गर्दा अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा. श्रीराम तिवारीसहित अन्य ५ जना चिकित्सक र २ जना नर्सिङ्मा पनि कोरोना संक्रमण पुष्टी भएको खबरले अस्पताल परिवार ज्यादै चिन्तित भएको छ। हामी हाम्रा अभिभावक प्रमुख मे.सु. सहित चिकित्सक र स्वास्थ्यकर्मी लगायत उपचारमा रहेका सम्पूर्ण बिरामीहरुको अस्पताल परिवारको तर्फबाट शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौं। साथैं, अस्पतालका सेवाहरुलाई यथावत रुपमा सुरक्षित तवरले सञ्चालन हुने व्यहोरा सबैमा जानकारी गराउँदछौं । यहाँहरुले देखाउनुभएको सद्भाव, माया र हौसलाप्रति अस्पताल परिवार सदैंव कृतज्ञ रहनेछ भनेर उनले प्रस्ट पारेका हुन ।

ताजा समाचार