होमपेजचितवन विशेषभरतपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्टन लगायत ३ जना चिकित्सकमा कोरोना संक्रमण पुष्ठि

भरतपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्टन लगायत ३ जना चिकित्सकमा कोरोना संक्रमण पुष्ठि

चितवन, साउन ३२– चितवनको भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा.श्रीराम तिवारी लगायत ३ जना स्वास्थकर्मी लाई कोरोना संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डाक्टर भोजराज अधिकारीले अस्पतालका मेसु लगायत लाई कोरोना संक्रमण पुष्टि भएको अस्पतालको आधिकारिक फेशबुक पेज मार्फत जानकारी दिएका हुन । अध्यक्ष डा.अधिकारीले मेसु सहित प्रसुति विभागका प्रमुख डा.सुनिलमणि पोखरेल र आकस्मिक कक्षका चिकित्सकमा पनि कोरोना संक्रमण पुष्टि भएको जनाउदै अस्पतालमा कार्यरत अर्का एक स्वास्थ्यकर्मीमा पनि कोरोना संक्रमण पुष्टि भएको बताएका हुन । शनिबार परिक्षण गरिएको चितवनका २७ जना संक्रमीत मध्ये सरकारी अस्पतालका मात्रै तीन चिकित्सक र एक स्वास्थ्यकर्मी सहित चार जनामा संक्रमण पुष्टि भएको हो । उनिहरु सबैको स्वास्थ अवस्था सामान्य रहेको जनाइएको छ ।

ताजा समाचार