होमपेजचितवन विशेषचितवनमा एकै दिन २८ जनामा कोरोना संक्रमण पुष्ठि

चितवनमा एकै दिन २८ जनामा कोरोना संक्रमण पुष्ठि

चितवन , साउन ३२- चितवन स्थित भरतपुर अस्पताल कोभिड १९ – परिक्षण प्रयोगशालामा एकै दिन थप २८ जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको छ । परीक्षण प्रयोगशालामा शनिबार राती १२ बजेसम्म गरिएको गरिएको परीक्षणमा चितवनका २७ र सर्लाहीका एक जना गरी २८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि हुनेमा भरतपुर महानगरपालिकाका मात्रै २१ जना रहेका छन् । उनिहरुको भरतपुर स्थित भरतपुर अस्पताल, भरतपुर सेन्ट्रल अस्पताल र वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालबाट स्वब संकलन गरिएको हो । संक्रमितहरु भरतपुर महानगरपालिका वडा नं. ३, ४, ६, ७, १०, १२, १५ र २१ का १० जना पुरुष र ११ जना महिला रहेका छ्न । पुरुषहरु २६ देखि ५३ वर्ष उमेर समूहका रहेका छन भने महिलाहरु २२ देखि ३९ वर्ष उमेर समूहका छन् ।
यसैगरि रत्ननगर नगरपालिका क्षेत्रका ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । क्वारेन्टिनमा रहेका रत्ननगर नगरपालिका वडा नं. ५ र १२ का ३ पुरुष र १ महिला रहेका छन् । पुरुषहरु २५, ३२ र ३६ वर्ष उमेर समूहका हुन् भने महिला ३५बर्षकि रहेकी छ्न । त्यस्तै खैरहनी नगरपालिका वडा नं. ८ का ३९ र ४५ वर्षीय पुरुषमा पनि संक्रमण पुष्टि भएको छ । उनीहरु दुवै जना क्वारेन्टिनमा रहेको जनाइएको छ । यस्तै भरतपुर अस्पतालबाट स्वाब संकलन गरिएका सर्लाहीकी २९ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको हो । शनिबार कुल ४७४ नमुना परीक्षण गरिएकोमा ४४६ वटा नमूनाको नतिजा नेटेटिभ आएको छ प्रयोगशालाका प्रमुख डाक्टर नितु अधिकारीले बताइन ।

ताजा समाचार