Home चितवन विशेष चितवनमा निजि अस्पताल पुष्पान्जलीले सुरु गर्यो कोरोनाको उपचार

चितवनमा निजि अस्पताल पुष्पान्जलीले सुरु गर्यो कोरोनाको उपचार

0

चितवन , साउन ३१ – चितवनको भरतपुरमा पहिलो पटक निजी अस्पतालमा कोरोना संक्रमितको उपचार सुरु गरिएको छ ।भरतपुरको चौबिसकोठी स्थित पुष्पाञ्जली हस्पिटलले कोरोना संक्रमितको उपचार सुरु गरेको हो । साउन २७ गते सोही अस्पतालमा भर्ना भएका पुरुषमा शुक्रबार कोरोना संक्रमण पुष्टि भएपछि उनलाई सोही अस्पतालमा राखेर उपचार थालिएको अस्पतालले बिज्ञप्ति मार्फत जनाएको छ ।
अस्पताल प्रशासनले आज शनिबार एक विज्ञप्ती जारी गर्दै कोरोना संक्रमित रत्ननगर नगरपालिका–९ टिकौलीका ६१ वर्षीय पुरुषको सघन कक्ष (आइसीयू)मा राखेर उपचार भइरहेको जनाएको छ । स्वास्थ्य मन्त्रालयबाट प्रकाशित सूचना र निर्देशन अनुसार नै कोरोना संक्रमितको उपचार गर्न लागिएको अस्पतालको जनाएको छ । कोरोना संक्रमित भएका व्यक्तिलाई हव अस्पतालसंग समन्वय गरेर उपचार गर्ने भनिएकाले यहाँको हव अस्पतालको रुपमा रहेको भरतपुर अस्पतालसंग समन्वय गरेर उपचार थालिएको अस्पताल प्रशासनले जानकारी जनाएको छ । यसअघि निजी अस्पतालमा फेला परेका संक्रमितहरु लाई भरतपुर अस्पताल पठाउने गरिएको थियो ।