होमपेजचितवन विशेषचेपाङ बालबालिकालाई पोशाक वितरण

चेपाङ बालबालिकालाई पोशाक वितरण

माडी, साउन ३१ – माडी नगरपालिका वडा नं ६ लक्ष्मीनिवासमा रहेको छात्रावासमा रहेका ४३ जना चेपाङ बालबालिकालाई आज विद्यालय पोशाक वितरण गरिएको छ ।

भरतपुर महानगरपालिका वडा नं ५ स्थायी घर भई हाल अध्ययनको लागि फिनल्याण्डमा रहनुभएका विद्यार्थी शिव तिवारीले नारायण सापकोटामार्फत चेपाङ विद्यार्थीहरुका लागि विद्यालय पोशाक उपलब्ध गराउनुभएको हो ।

छात्रावासमा रहेका ४३ चेपाङ बालबालिकाहरुको लागि उपलब्ध गराइएको विद्यालय पोशाक दिवाकर स्मृति विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष अोमनाथ पाण्डे र लायन्स क्लब अफ माडी ग्रीनका अध्यक्ष श्रीप्रसाद दवाडी ले संयुक्त रुपमा छात्रावासका व्यवस्थापक टिकाराम आचार्यलाई हस्तान्तरण गर्नुभएको हो ।

बालबालिकाहरुका उपलब्ध गराइएको पोशाक ग्रहण गर्दै छात्रावासका व्यवस्थापक टिकाराम आचार्यले विद्यालय पोशाक सहयोग गर्ने सहयोगी शिव तिवारीलाई धन्यवाद दिनुभयो ।

२०६४ सालदेखि सामाजिक व्यक्तित्व टिकाराम आचार्यले लक्ष्मीनिवासको आफ्नै घरमा १० जना विद्यार्थी लिएर सञ्चालन गर्नुभएको छात्रावास २०७७ साउनबाट सोही ठाउँको राष्ट्रिय प्राथमिक विद्यालयमा सञ्लालन भएको छ । उक्त विद्यालय समायोजन भएर जनकल्याण माविका सरेपछि विद्यालय खाली भएको थियो । विद्यालय खाली भएपछि माडी नगरपालिकाको समन्वयमा छात्रावास विद्यालयमा सरेको छ ।
छात्रवासका ४३ जना विद्यार्थीहरु जनकल्याण मावि र शिशु कल्याण राप्रावि स्याउलीवासमा अध्ययन गरिरहेका छन् । सहयोगी दाताहरुको सहयोगले सञ्चालित छात्रावासमा पुस्तकालयका लागि पुस्तकहरु र खेलकुदका सामानहरुको अभाव रहेकोले सहयोग गर्नसमेत व्यवस्थापक आचार्यले सहयोगी दाताहरुलाई आग्रह समेत गर्नुभयो ।

ताजा समाचार