Home चितवन विशेष फेरि थपिए भरतपुरमा छ जना संक्रमीत

फेरि थपिए भरतपुरमा छ जना संक्रमीत

0

चितवन , साउन ३० – चितवनको भरतपुर स्थित भरतपुर अस्पताल कोभिड १९ – परिक्षण प्रयोगशालामा शुक्रबार गरिएको परिक्षणमा चितवनका थप ६ जनामा कोरोना संक्रमण पुष्ठि भएको छ । चितवनको भरतपुरमा रहेको बिपि कोइराला क्यान्सर अस्पताल बाट लिइएको नमुना स्वाब बाट ५ जना महिला र १ जना पुरुषमा कोरोना संक्रमण पुष्ठि भएको हो । संक्रमितहरुमा भरतपुर ७ का २५ ,३३ ,३९, ४३ र ५२ बर्षका महिला तथा ३५ बर्षका पुरुष रहेको प्रयोगशालाका प्रमुख नितु अधिकारीले बताइन । प्रयोगशालामा शुक्रबार १ सय जनाको नमुना परिक्षण गरिएको जनाइएको छ ।