होमपेजचितवन विशेषभरतपुर अस्पतालको आकस्मिक कक्ष पनि सिल

भरतपुर अस्पतालको आकस्मिक कक्ष पनि सिल

चितवन , साउन २९ – चितवनको भरतपुर अस्पतालको आकस्मिक कक्ष बिहिबार साझ बाट सिल गरिएको छ । भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा बिहीबार गरिएको परीक्षणमा भरतपुरकी २५ वर्षीया नर्समा समेत कोरोना संक्रमण पुष्टि भएपछी अस्पतालको आकस्मिक कक्ष सिल गरिएको हो ।

त्यहा रहेका बिरामी लाई अन्य स्थानमा स्थानान्तरण गरि अस्पतालको आकस्मिक कक्ष सिल गरिएको अस्पतालका प्रबक्ता लिलाधर पौडेलले बताए । आज संक्रमण देखिएकी नर्सले केही दिन यता लगातार अस्पतालको आकस्मिक कक्षमा काम गर्दै आएकी थिइन् । भरतपुर अस्पताल कोभिड १९ – परिक्षण प्रयोगशालामा बुधबार २१ जना र बिहिबार १६ जनामा कोरोना संक्रमण पुष्ठि भएको थियो ।

ताजा समाचार