होमपेजचितवन विशेषभरतपुरको परिक्षणमा थप १६ जनामा कोरोना संक्रमण पुष्ठि

भरतपुरको परिक्षणमा थप १६ जनामा कोरोना संक्रमण पुष्ठि

चितवन , साउन २९- चितवन भरतपुर स्थित भरतपुर अस्पताल कोभिड १९ – परिक्षण प्रयोगशालामा बिहिबार गरिएको परिक्षणमा चितवनका १२ जना र अन्य जिल्लाका गरि १६ जनामा कोरोना संक्रमण पुष्ठि भएको छ । बिहिबार गरिएको परिक्षणमा चितवनको विभिन्न स्थान र मकवानपुर , नवलपुर ,सर्लाही र तनहुँका गरि १६ जनामा कोरोना संक्रमण पुष्ठि भएको हो । संक्रमितहरुमा भरतपुर महानगरपालिका क्षेत्रका वडा नम्बर २,४,७ र १०का ८ जना पुरुष र एक जना महिलामा कोरोना संक्रमण देखिएको हो । त्यसैगरी चितवनकै रत्ननगर नगरपालिकाका एक जना पुरुष, राप्ती नगरपालिकाका एक जना महिला ,खैरहनी नगरपालिकामा एक जना पुरुषमा कोरोना संक्रमण देखिएको हो ।

त्यस्तै थप संक्रमितहरुमा मकवानपुरका एक जना महिला , नवलपुरका एक जना पुरुष , सर्लाहीका एक जना पुरुष र तनहुँका एक जना महिलामा पनि कोरोना संक्रमण भएको प्रयोगशालाका डाक्टर नितु अधिकारीले बताइन ।संक्रमण भएका मध्ये १५ जना भरतपुर अस्पताल र तनहुँका महिला १ जना पुरानो मेडिकल कलेज बाट स्वाब संकलन गरिएको हो । बिहिबार प्रयोगशालामा १३० नमुना परिक्षण गरिएको १६ जनाको कोरोना पोजेटिभ देखिएको हो ।

ताजा समाचार