होमपेजचितवन विशेषमाडीमा जबरजस्ती करणीको आरोपमा एक किशोर पक्राउ

माडीमा जबरजस्ती करणीको आरोपमा एक किशोर पक्राउ

चितवन , साउन २९ – प्रहरीले चितवनको माडी गोपालनगरका एक किशोर लाई जबरजस्ती करणी प्रयास गरेको भन्दै पक्राउ गरेको छ । स्थानिय १४ बर्षका किशोरले अन्दाजी ६ बर्षकि बालिकालाई जबरजस्ती करणीको प्रयास गरेको भन्दै पक्राउ गरेको हो । कक्षा ८ मा अध्ययरत निज किशोरले कक्षा १ मा अध्ययनरत बालिकालाई जबरजस्ती गरेको बालिकाको परिवारले आरोप लगाएको छ। प्रहरीले आरोपित किशोरलाई थप अनुसन्धानका लागि अभिभावक सहित जिल्ला प्रहरी कार्यालय भरतपुर पठाउन लागिएको इलाका प्रहरी कार्यालय माडीका प्रमुख हर्क बिश्वकर्माले बताए । बालिकाको स्वास्थ्य परीक्षण र अन्य कानुनी प्रक्रियाका लागि बालिकालाई पनि सगै परिवारकै रोहबरमा जिल्ला चलान गर्न लागिएको उनको भनाइ छ ।

ताजा समाचार