होमपेजचितवन विशेषबुधबार चितवनमा थप ७ जनामा कोरोना संक्रमण पुष्ठि

बुधबार चितवनमा थप ७ जनामा कोरोना संक्रमण पुष्ठि

चितवन , साउन २८ – चितवन भरतपुर स्थित भरतपुर अस्पताल कोभिड १९ – परिक्षण प्रयोगशालामा बुधबार गरिएको परिक्षणमा चितवनका थप ७ जनामा कोरोना भाइरस पुष्ठि भएको छ । प्रयोगशालामा गरिएको परिक्षणमा भरतपुर महानगरपालिकाका एक जना र राप्ती नगरपालिकाका ६ जना सक्रमित देखिएका हुन । संक्रमण देखिएकाहरुमा रत्ननगर अस्पतालमा कार्यरत भरतपुर ७ का ३९ बर्षका स्वास्थकर्मी पुरुष र राप्ती नगरपालिका वडा नम्बर ६ का क्वारेन्टाइनमा रहेका ३४,३१,२०,२१, ३४ र ३९ बर्षका पुरुष रहेको प्रयोगशालाका प्रमुख डाक्टर नितु अधिकारीले बताइन । प्रयोगशालामा बुधबार २०३ नमुना परिक्षण गरिएकोमा ७ जनाको रिपोर्ट  पोजेटिभ आएको हो ।

ताजा समाचार