होमपेजसमाचारक्वारेन्टाइन भित्र करेन्ट लागेर महिलाको मृत्यु भएपछी स्थानीयहरु द्वारा नगरपालिका कार्यालय तोड्फोड

क्वारेन्टाइन भित्र करेन्ट लागेर महिलाको मृत्यु भएपछी स्थानीयहरु द्वारा नगरपालिका कार्यालय तोड्फोड

कृष्णपुर नगरपालिका क्वारेन्टिनमा करेन्ट लागेर महिलाको मृत्यु भएको घट्नालाई लिएर आन्दोलनमा उत्रेका स्थानीयले नगरपालिकाको कार्यालयमा तोडफोड गरेका छन् । उनीहरुले नयाँ बनेको कार्यालयका झ्याल ढोकाका सिसा फुटाएका छन् ।

नगरपालिका कार्यालयको जेसिभीको सिसा समेत फुटाइएको छ । नगरपालिका कार्यालयमा कार्यरत एक कर्मचारीका अनुसार नगरपालिकाको बैठक कक्ष सहित आधा दर्जन बढी कोठाका सिसा फुटाइएका छन् ।

कार्यालयभित्र छिरेका आन्दोलनकारीले ढुङ्गा प्रहार गरी सिसा फुटाएका छन् । अहिले सशस्त्र प्रहरीले आन्दोलनकारीलाई कार्यालयबाट हटाएको नगरपालिका घेराउ गरेको छ ।

कंचनपुर, साउन २८ –  नगरपालिकाको लापरबाहीले महिलाको मृत्यु भएको भन्दै स्थानीय आन्दोलनमा उत्रिएका हुन् । उनीहरुले वडा नं. ६ को वडा कार्यालय तालाबन्दी गरेका छन् । नगरपालिका कार्यालय समेत घेराउ गरेका छन् ।

कृष्णपुर नगरपालिका ६ स्थित महाकाली माध्यमिक विद्यालयको क्वारेन्टिनमा बसेकी राधा ओडको मंगलबार साँझ करेन्ट लागेको मृत्यु भएको थियो ।कृष्णपुरका मेयर कर्ण बहादुर हमालले मंगलबार साँझ नै मृत्यु भएकी महिलाका परिवारलाई आवश्यक सहयोग गर्ने घोषणा गरेका थिए । -गोदावरि

ताजा समाचार