होमपेजताजा समाचारडोटिमा बस दुर्घटना हुदा ३ जनाको मृत्यु , ३१ जना घाइते

डोटिमा बस दुर्घटना हुदा ३ जनाको मृत्यु , ३१ जना घाइते

डोटी, साउन २८ – डोटीको पूर्वीचौकी गाउँपालिकामा बस दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । ३१ जना घाईते भएका छन् ।
गौरिफण्टा नाकाबाट भित्रिएका नेपाली नागरिक बोकेर धनगढीबाट अछाम जाँदैगरेको ना ६ ख २५२९ नम्बरको यात्रुबहाक बस बिहान ६ बजे दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।
घाईतेहरुलाई उद्धार गरेर जिल्ला अस्पताल ल्याईदै छ । घटनास्थलमा स्थानीयबासी, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली पुगेर उद्धार कार्य गरिरहेको छ । -ई-रैवार

ताजा समाचार