होमपेजचितवन विशेषचितवनका विभिन्न अस्पतालमा उपचाररत लगायत २१ जनामा कोरोना संक्रमण पुष्ठि

चितवनका विभिन्न अस्पतालमा उपचाररत लगायत २१ जनामा कोरोना संक्रमण पुष्ठि

चितवन , साउन २८ – चितवनको भरतपुर स्थित भरतपुर अस्पताल कोभिड – १९ परिक्षण प्रयोगशालामा मंगलबार गरिएको परिक्षणमा थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रयोगशालामा मंगलबार गरिएको परीक्षणमा चितवनका १६, बाराका १, बैतडीका १, तनहुँका २ र रौतहटका एक जना गरी २१ जनामा कोरोना भारस संक्रमण पुष्टि हो । ती मध्ये बारा, बैतडी र रौतहटका चितवनका विभिन्न अस्पतालमा उपचाररत बिरामी हुन् भने अन्य स्थानीय  रहेका छ्न । चितवन बाहिरका संक्रमित तनहुँ बाहेकका सबै चितवनकै विभिन्न अस्पतालमा उपचाररत रहेका जनाइएको छ । चितवनमा सबैभन्दा बढी भरतपुर महानगरपालिकाका व्यक्तिमा संक्रमण देखिएको छ । भरतपुर महानगरपालिका क्षेत्र, भरतपुर अस्पताल, वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, पुरानो मेडिकल कलेज, नेशनल सिटी हस्पिटलबाट गरिएको स्वाब परीक्षणमा ७ जना पुरुष र ५ जना महिला गरी १२ जनामा संक्रमण पुष्टि भएको हो ।

उनीहरु भरतपुर वडा नं. १, ३, ४, ८, १० र ११ नम्बर वडाका ६ वर्षीय बालकदेखि ५० बर्षका रहेका छन् । यस्तै राप्ती नगरपालिका वडा नं. ६ का क्वारेन्टिनमा रहेका २२, २८ र ३० वर्षका ३ जना पुरुषमा समेत कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै इच्छाकामना गाउँपालिकाका एक महिलामा पनि कोरोना संक्रमण पुष्टि भएको छ । मौलाकालिका अस्पतालमा उपचाररत इच्छाकामना गाउँपालिका वडा नं. ५ की ७८ वर्षीया वृद्धमा संक्रमण पुष्टि भएको हो । यसैगरि भरतपुर अस्पतालमा उपचाररत सिमरा–९ बाराका ४५ वर्षीय पुरुष, वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचार गराइरहेका डिलासैनी–३ बैतडीका ४० वर्षीय पुरुष र कलेज अफ मेडिकल साईसेस शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज) भरतपुरमा उपचार गराइरहेकी रौतहटकी ८ वर्षीया बालिकामा समेत कोरोना भाइरस संक्रमण पुष्टि भएको प्रयोगशालीका प्रमुख डाक्टर नितु अधिकारीले बताइन । प्रयोगशालामा मंगलबार ३१० नमुना परीक्षण गरिएको मध्ये २१ वटा को नतिजा पोजेटिभ आएको हो । चितवनमा लामो समय पछि यति धेरैको संख्यामा कोरोना पोजेटिभ संक्रमीत भेटिएका हुन ।

ताजा समाचार